Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रेसुङ्गा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु


गुल्मी, २९ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो ।

आज बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएको हो । नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गर्नु भएको थियो । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताएका छन्। उनले यात्रुहरुको सङ्ख्याको आधारमा उडानलाई हप्तामा दुई पटकसम्म सञ्चालन गरिने जानकारी दिए ।

रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माणको काम १७ वर्षमा सम्पन्न भएको हो । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको यो विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उडान सुरु भएपछि गुल्मीका नागरिक खुसी भएका छन् ।

 


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट