Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित


काठमाडौं, २९ वैशाख । विभिन्न माग राखेर शिक्षक तथा विद्यालय कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन्। पेशागत सुरक्षा र वृत्ति विकासलगायतका मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

नेपाल शिक्षक महासंघको आह्वानमा विरोध प्रदर्शन गरिएको हो। आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब बृद्धि गर्नुपर्ने, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्ने लगायतका माग उनीहरुको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘विगतमा भएका ३० बुँदे र ५१ बुँदे सहमती लागू गरियोस्’, ‘६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्’, ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलवभत्ता दिइयोस्’ लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट