Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शुक्रबार बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।

शुक्रबारदेखि ढाकामा सुरु भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी भएका उनीहरूको साइडलाइनमा भेटवार्ता भएको हो ।

भेटघाटमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट