Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धादिङमा गुडिरहेको बसमा एक्कासी आगलागी


धादिङ, ३० वैशाख । धादिङ धुनिबेशी नगरपालिका ९ मा यात्रुबाहक बसमा आगलागी भएको छ। शनिबार बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगोलागि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।

घटनास्थलमा खत्रिपौवा र खानिखोलाबाट प्रहरी खटिएका थिए। प्रहरीका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । मानवीय क्षति भने भएको छैन ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट