Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेर विरोध प्रदर्शन


विराटनगर, ३० वैशाख । मोरङको बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका छन्।​ रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी हाइटेन्सन लाइनको पोलमा चढेका हुन्।

४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारूले ती युवाले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनीसमेत दिएको बताएका छन्।

शनिबार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन्। करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् ती युवालाई उतार्न पहल र प्रयत्न गरेका उनले बताए। उनले भने, ‘तर, युवाले मानिरहेको छैनन्।’ अध्यक्ष र उपाध्यक्ष आएर सबै माग सुनुवाइ हुने वातवरण बनाए मात्र झर्ने बताउँदै आएको स्थानीय बताउँछन्।

वडाध्यक्ष थारूका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो। गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन्।


क्याटेगोरी : रोचक, समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट