Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको टावरमा चढेका दिनेशकुमार माझी १२ घण्टापछि ओर्लिए


विराटनगर, ३० वैशाख । शनिबार बिहानैदेखि प्रसारण लाइनको टावरमा चढेका मोरङको बुढीगंगा गाउँपालिका–७ का ४० वर्षीय दिनेशकुमार माझी बिजुलीको पोलबाट ओर्लिएका छन्।

गाउँपालिका अध्यक्ष जितनारायण मगर,उपाध्यक्ष अमृता कुमारी थारु र प्रमुख प्रसकीय अधिकृत गिरिराज भट्टराई पुगेपछि उनी पोलबाट ओर्लिएका हुन्।

अध्यक्ष सहितको टिम आएपछि उनी पोलबाट ओर्लिए र प्रहरी समक्ष आफुलाई समर्पण गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले बताए ।

प्रसारण लाइनको टावरमा चढेको १२ घण्टा बितिसक्दा पनि उद्धार हुन सकेको थिएन। बिहानै ५ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको टावरमा चढेका उनी ​रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएकाले रोक्नु पर्ने माग राख्दै उनी बिजुलीको टावरमा चढेका हुन्।

उनलाई उतार्न स्थायी प्रशासनले पहल गरे पनि अध्यक्ष र उपाध्यक्ष आएर माग सुनुवाइ नगरेसम्म नझर्ने अडान लिएका थिए। गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निमार्णाधीन काम रोकेर गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएमात्रै आफू पोलबाट झर्ने उनले अडान राखेका थिए।

उनी नेपाली सेनाका पूर्व जवान रहेको खुलेको छ। शान्ति सेनाबाट फर्केपछि जागिर छोडेका उनका छिमेकीहरूले जानकारी बताएका छन्।

बुढीगंगा–७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल (पर्खाल) निर्माणको काममा उपभोक्ता समिति बनाउँदा नक्कली हस्ताक्षर गराएर आफन्तलाई समितिमा राखेको स्थानीय समेतको आरोप छ। यता वडाध्यक्षले आरोप अस्वीकार गर्दै आएका छन्।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट