Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या


काठमाडौं, ३१ वैशाख । ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट