Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाल्पाको दोभान खोलामा डुबेर एक युवा बेपत्ता


पाल्पा, ३१ वैशाख । पाल्पाको दोभान खोलामा डुबेर एक युवा बेपत्ता भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका १ कचल बस्ने ३२ वर्षीय भूपाल सुनारी दोभान खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

भूपाल स्थानीय रुद्र खत्री र राजन पुनसँग सोही वडाको आरखोदी स्थित दोभान खोलामा माछा मार्न गएका थिए। सो क्रममा खोलामा पस्दा उनी बेपत्ता भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले जानकारी दिए।

बेपत्ता भूपालले लगाएको कपडा र चप्पल फेला परेको तर उनी नभेटिएको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट