Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गोरखामा गाँजा तानिरहेका १७ जना युवा पक्राउ


गोरखा, ३१ वैशाख । गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको ुस्टिङ अपरेशनु का क्रममा गाँजा तानिरहेको अवस्थामा एकै दिन १७ जनालाई पक्राउ गरेको हो ।

यही वैशाख २९ गते शुक्रवार जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताए । सिरानचोक गाउँपालिकाको नयाँसाँघुबाट नौ जना, गोरखा नगरपालिकाको बतासे र रानीवन क्षेत्रबाट सात जना तथा पालुङटार नगरपालिकाको ठाँटीपोखरीबाट एक जना पक्राउ परेका हुन् ।

किशोरकिशोरीहरू लागुऔषधको कुलतमा फस्दै गएको गुनासो आउन थालेपछि सम्भावित ठाउँहरूमा सादा पोसाकमा प्रहरी खटाएर उनीहरूलाई पक्राउ गरेको डीएसपी लामिछानेको भनाइ छ । ‘पक्राउ परेका धेरैजसो १५÷१६ वर्षका विद्यार्थीहरू छन्’ उनले भने, ‘मुद्दा चलाउने गरी ठूलो परिमाणमा गाँजा फेला नपरेको र कम उमेरका भएकाले उनीहरूलाई अभिभावकसँग छलफल गरी उनीहरूकै जिम्मामा छाडिएको हो ।’

पक्राउ गरेका धेरैजसो विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरू रहेकाले लागुऔषधको शारीरिक, मानसिक हानी र कानुनी कारबाही लगायतका विषयमा विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम गर्ने प्रहरीले जनाएको छ । गाँजा तान्ने, खुवाउने र ओसारपसार गर्नेरगराउनेलाई कानुनी कारबाहीसँगै सुधारको प्रयास पनि सँगसँगै अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घरबाटै सुधारको प्रतिबद्धता आएकाले शनिवार अभिभावकहरूलाई बोलाएर छलफल गरी जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार, गण्डकी प्रदेश
ट्याग : #gorkha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट