Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान गर्न चार दिनको म्याद थपियो


काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनालाई चार दिनका लागि थप भएको हो।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्। सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। हाल उनी फरार छन्। उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट