Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवनको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते


काठमाडौं । चितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंका लागि छुट‍ेको बाग्मती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस अनियन्त्रित भइ गएराति दुर्घटना भएको हो।

बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्यको अवस्थामा भने सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट