Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरु


काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #balkrishna, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट