Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रोल्पाको सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु


रोल्पा, १ जेठ । रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर ज्यान गएको हो । चन्द्राका श्रीमान् उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् । ‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, त्यही क्रममा ज्यान गएको रहेछ’, इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम सारुमगरले भने

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दुरीमा छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट