Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने


काठमाडौं, २ जेठ । मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि बन्द हुने भएको छ । सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई हप्ता जति मर्मतकार्य भएपछि पुनः पानी पठाइनेछ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएको थियो ।

हेलम्बु –१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उनले बताए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट