Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुकेश कायस्थलाई शहीद घोषणा


काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका

मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

यस्तै बैठकले थाइल्यान्डमा हुने सामाजिक आयोगको ७९ औँ बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत गरेको छ । यो बैठक जेठ १ गतेदेखि जेठ ५ सम्म चल्ने मन्त्री शर्माले जानकारी दिइन्।

बैठकले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्तावमा कलैया सिम्रौनगढ क्षेत्रको मालपोत र नापीसम्बन्धी साविक र अहिलेको कार्यक्षेत्रमा संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिङ्गे सडक विस्तार क्षेत्रका घर, टहरा हटाउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । यस प्रयोजनका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ बमोजिम सम्बन्धित योजना प्रमुखलाई कारबाही अघि बढाउन स्वीकृत प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट