Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु


दैलेख । दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।

गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको हिजो बेलुका मृत्यु भएको हो ।

आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट