Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत आज स्वीट्जरल्यान्ड जाने


काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वीट्जरल्यान्डको जेनेभा जाने भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा जान लागेका हुन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफूसहित ६ जनाको टोली आज राति २ बजे जेनेभा जान लागेको बताए ।

मन्त्री बस्नेत महासभामा सुरुको दुई दिन मात्र सहभागी हुनेछन् । जेनेभामा डब्लुएचओको महासभा मे २१ देखि ३० सम्म हुँदैछ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #mohan bahadur basnet

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट