Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नीति तथा कार्यक्रममा ज्यान छ, जीवन छैन : योगेश भट्टराई


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारको आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा देशको समस्या समाधानको कुनै प्रस्ताव नभएको बताएका छन् ।

शुक्रवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताए । उनले नीति तथा कार्यक्रममा कुनै जोस, जाँगर र सपना नरहेको जिकिर गरे ।

उनले भने, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई कार्ययोजना छैन । यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोस छैन, जाँगर छैन ।’


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट