Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी ७ सय ९३ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८० जना पुगेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट