Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

४५५ जनाले सगरमाथा चढे


सोलुखुम्बु, ७ जेठ । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन्। पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमती लिएका मध्ये लगभग ४५५ जनाले सगरमाथा चुमिसकेका छन्।

यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन्। तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ।

यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो। आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो।

सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ। यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट