Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवनको टिकौली जंगलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जानको ज्यान गयो


चितवन, ७ जेठ । पूर्वपश्चिम महेन्द्र राजमार्गको टिकौली जंगलमा आइतबार मध्याह्न खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सो घटनामा अर्को एक जना सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा स्कुटरका चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तमाङ रहेका छन् । त्यसैगरी स्कुटरको पछाडि बसेका भरतपुर–११ कै २० वर्षीय विशान्त ढकाल सख्त घाइते भएका छन् ।

आइतबार मध्याह्न पौने १२ बजेतिर भरतपुर महानगरपालिका–१२ मा पर्ने टिकौली जंगल क्षेत्रमा रत्ननगर टाँडीबाट भरतपुर आउँदै गरेको ना ४ ख ६६७४ नं को ग्यास सिलिन्डर बोक्ने ट्रकले सोही दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०३–००२प ७६८८ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको डिएसपी पण्डितले बताए । ठक्करपछि ट्रक पनि सडक छेउमा पल्टेको थियो ।

गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका स्कुटर चालक सागर तमाङलाई उपचारका क्रममा चिकित्सकले मध्याह्न साढे १२ बजे मृत घोषणा गरेको डिएसपी पण्डितले बताए । ट्रक चालक तनहुँ जिल्ला घुमाउने नगरपालिका– ४ बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट