Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झापामा पोथी हात्ती मृत फेला


झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा रहेकाे आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।

आज साेमवार बिहान स्थानीयवासीले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिनुभयो ।

हात्ती मृत फेला परेको ठाउँमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाइएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् ।

झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट