Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संघीय संसदको दुवै सदनको संयुक्त बैठक आज बस्दै


काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बुधबार (आज) अपराह्न बस्दैछ।

संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराएका थिए।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभा बैठकमा गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नीति, कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिइरहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट