Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युग सुहाउँदो शिक्षण विधिको विकासबारे कार्यशाला


काठमाडौं, १० जेठ । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो ।

सोमबारदेखि सुरु भएको ‘२१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । सो अवसरमा रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए ।

समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्ने भएकाले सोही विधिअनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनुभन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको भनाई छ ।

रजिष्ट्रार विष्टले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने उनले बताए । गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

उनले विद्यार्थीहरु विदेशिँदा विश्वविद्यालयका कक्षाहरु विस्तारै रित्ता हुँदै गएका खुलासा गर्दै विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्ने प्रष्ट पार्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए ।

उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्यशालाको औचित्व र महत्वमाथि प्रकाश पारेका थिए । राजधानीका विभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न तीन दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्द न्यौपानेले २१औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

 

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट