Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर एक जनाको मृत्यु


दार्चुला, ११ जेठ । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो। बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए।

ठगुन्नाको उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहराले जानकारी दिए। घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट