Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिविका अन्तर्गतका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा


काठमाडौं, ११ जेठ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा यही जेठ १६ गतेबाट बर्खे बिदा हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को गत सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार बर्खे बिदा गर्ने निर्णय गरेको हो।

शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यस वर्षको बर्खे बिदा आआफ्नो निकायको अनुकुलता (परीक्षा कक्षा सञ्चालन आदि अवस्था) मध्यनजर गरी जेठ १६ गते उप्रान्त बढीमा २० दिनसम्म दिन सकिने निर्णय भएको त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्दप्रसाद दाहालले जनाएका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट