Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु


ताप्लेजुङ, ११ जेठ । ताप्लेजुङमा बिहीबार बिहान जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

बिहीबार बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जिप करिब एक सय मिटर तल झरेको छ । सो दुर्घटनामा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका नाबालक छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रनाउ लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारार्थ अस्पताल लगिएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको बताइएको छ । चालक कृष्ण गुरुङ घाइते भएका छन् । आँखालगायत शरीरका अन्य भागमा उनलाई चोट लागेको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट