Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यौन व्यवसाय सञ्चालनको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ


दैलेख, ११ जेठ । यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालक पक्राउ परेका छन्। प्रहरीले सदरमुकामस्थित दुईवटा होटलका सञ्चालकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ९डीएसपी० किशोर लम्सालका अनुसार ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने पक्राउ परेका छन्। नारायण नगरपालिका–८ ढकाने घर भएका न्यौपानेले होटल सञ्चालन गरिरहेका थिए। न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै पक्राउ गरिएको डीएसपी लम्सालले बताए।

यस्तै सदरमुकामस्थित आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल पक्राउ पनि परेका छन्। आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए।

पक्राउ परेका न्यौपाने र कटुवालमाथि दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए।


क्याटेगोरी : जनमञ्च, समाचार, कर्णाली प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट