Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङमा जीपको ठक्करबाट स्कुल जान लागेकी शिक्षिकाको ज्यान गयाे


दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाकाे ज्यान गएकाे छ ।

आज बिहान पश्चिम हापुरेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ९२३ नं को जीपले रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएकाे हाे । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालकाे ज्यान गएकाे हाे । उहाँलाई  विद्यालय जाने क्रममा जीपले ठक्कर दिएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएकाे हाे । सीता शान्तिनगरमा रहेकाे धनौरी माविमा पढाउनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट