Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मोफसलमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको दैनिक आजकल ब्यस्त छ । उनी कहिले भारतिय धर्मगुरु भेट्न ब्यस्त देखिन्छन् त कहिले देश दौडाहामा । अहिले भने उनी नेपालगंमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर सुर्खेतको वीरेन्द्रनगर जाने भएका छन् ।

वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।

अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट