Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मकालु बेस क्याम्पमा लेक लागेर एक पुरुषकाे ज्यान गयाे


सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको ज्यान गएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर ज्यान गएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।

उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी भएका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए ।

ुउनी मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए, वडाध्यक्ष शेर्पाले भने। विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए ।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट