Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बागमती प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


काठमाडौं। बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशसभाको उक्त बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन सम्बन्धी प्रस्ताव पनि पारित गरिने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ भने प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्नेछन् । सचिवालयका अनुसार टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुनेछ ।
यसअघि गत जेठ ९ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक २०८०/०८१ को सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको थियो भने जेठ ११ गते उक्त सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिएको थियो ।

 

 

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट