Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाग्मती प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौं । बाग्मती प्रदेश सरकारले आज आइतवार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दिगो विकासको अवधारणाअनुसार योजना निर्धारण गर्ने, आउँदो आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । ‘प्रदेश सरकारको भूमिका थप बलियो बनाउन सङ्घीय सरकार र पालिकासँगको समन्वयलाई प्रभावकारी बनाइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्सु कार्यक्रमलाई विस्तार गरी आउँदो आर्थिक वर्षभित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताए । प्रदेश सरकारले ‘गृहिणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरूलाई सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितहरूका लागि उद्धार, राहत, मनोसामाजिक परामर्श र पुनःस्थापनासम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने प्रदेश प्रमुख शर्माले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट