Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौं । काठमाडौंको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बस्ने तनहुँ घर भइ चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राउतको उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट