Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सगरमाथामा ७० वर्षको इतिहास: सात हजारभन्दा धेरैले शिखर चुमे


सोलुखुम्बु, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा ७० वर्षको इतिहासमा साढे सात हजारभन्दा धेरैले आरोहण गरेका छन् ।

सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिखमा मानव पुगेका थिए । यो दिनदेखि अहिलेसम्म झण्डै सात हजार आठ सय ५१ जनाले आरोहण गरेका पर्यटक विभागको तथ्याङ्क छ । विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सन् २०२२ सम्ममा सात हजार दुई सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा झण्डै ६ सय जनाले आरोहण गरेका छन् ।

यस्तै, ७० वर्षमा झण्डै तीन सय जनाको ज्यान गएको छ । यस वर्षको वसन्तयाममा मात्रै १३ जनाले सगरमाथामा ज्यान गुमाएका छन् । जसमा नेपालका पाँच, मलेसियाका दुई, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अष्ट्रेलियाका एकएक जना छन् ।

नेपालले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट