Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गणतन्त्रको उपहारः वीरगन्ज कारागारबाट १९ जना कैदी रिहा


वीरगन्ज, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ जना कैदी रिहा भएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका १९ जना कैदी सोमबार रिहा भएका हुन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ जना कैदीको सजाय माफी दिएका छन् । त्यहिमध्ये सोमबार वीरगन्ज कारागारबाटपनि १९ जना कैदी साजय माफी पाएर रिहा भएका हुन् ।

वीरगन्ज कारागारबाट सोमबार रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ७ जना , सवारी साधन मुद्दाका २ जना, चोरी मुद्दाका ३ जना, हातहतियार खरखजाना मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग, अपराधिक लाभ , सवारी ज्यान उद्योग तथा अंगभंग , लागू औषध र बिना इजाजत वन पैदावार हानी नोक्सानी मुद्दाका ११ जना रहेका छन् ।

सोमबार बिहान उनीहरुलाई वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले फुलमाला र टिका लगाएर बिदाई गरे । त्यसक्रममा उनले कारागारबाट रिहा भइ घर फर्किएकाहरुलाई समाजमा असल काम गरेर उदाहरणीय बन्न शुभकामना पनि दिए ।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट