Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शहीदहरुमाथि अपमान हुन नदिन भ्रष्टाचार विरुद्धको अभियानलाई गतिकासाथ अघि बढाउनुपर्छः मन्त्री किराती


काठमाडौं, १५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन्।

ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए। मन्त्री किरातीले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘हामीले भ्रष्टाचारको विरुद्ध लाग्नै पर्दछ। हिजो हामी सुन्थ्यौं–ठूला माछाहरु छ नेपालमा। यी ठूला माछाहरु समाउन सकिएका छैनन्। भ्रष्टाचारको कुरा गर्‍यो भने खोल्साखाल्सीमा रमाउने गंगटो, भ्यागुता र चेपाहरु मात्रै पक्रन्छन्। अब हामीले यो भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने, युद्ध छेडने, समृद्ध नेपालको निम्ति संकल्प गर्ने अनि मात्रै शहीदले देखाएको बाटोमा हाम्रा पाईलाहरु अगाडि सर्न सक्छ।’

त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट