Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारत भ्रमणमा प्रचण्डका यी एजेण्डा प्राथमिकतामा परे


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणमा विभिन्न एजेण्डा प्राथमिकतामा परेका छन् । भारत भ्रमणका विषयमा संसद्लाई जानकारी दिँदै प्रचण्डले जलविद्युतदेखि व्यापार पारवहनका विषयमा छलफल हुने बताएका छन् ।

भारत भ्रमणमा जाने भएपछि प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री, विभिन्न दलका शीर्ष नेता, पूर्व कूटनीतिज्ञ लगायतसँग परामर्श गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डबीच दुई पक्षीय हितलाई केन्द्रमा राखेर छलफल गरिने बताए ।

व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई प्रचण्डले एजेण्डा बनाएका छन् । यस्तै प्रचण्डले कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल हुने बताए । अरू जलविद्युत निर्यातका विषयमा छलफल हुने प्रचण्डले बताए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट