Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आजको मौसम : गर्मी अझै बढ्ने, तत्काल पानी पर्ने संभावना छैन


काठमाडौं । देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक÷दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि–मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी भने पर्दैन ।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाडौंसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८, नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट