Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा


काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा  बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट