Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकामा भिरबाट लडेर आमाछोराको ज्यान गयो


धादिङ, १६ जेठ । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जनाकारी दिए। अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन्।

सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट