Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अझै पाँच प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेन


काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा प्रतिव्यक्ति विद्युत खपत दर तीन सय ५० किलोवाट घन्टा (युनिट) नाघेको छ ।

गत असारसम्म तीन सय २५ किलोवाट घन्टामात्रै रहेको यस्तो खपतदर बढेर चालू आर्थिक वर्षको फागुससम्म तीन सय ५१ युनिट पुगेको हो ।

सार्वजनिक सरकारको आर्थिक सर्वेक्षणका अनुसार गत आर्थिक वर्षको फागुनसम्म पाँच हजार सात सय ७२ गिगावाट घन्टाबराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा छ हजार सात सय ८९ गिगावाट घन्टाबराबर विद्युत खपत भएको छ ।

सर्वेक्षणअनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । गत असारसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो । यस हिसाबले अझै पाँच प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुग्न सकेको छैन ।

यसैगरी सामुदायिक संस्थाबाहेक विद्युत उपयोग गर्ने ग्राहकको संख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ । २०७९ असारसम्म यस्तो संख्या ५० लाख ६२ हजार थियो । सामुदायिक संस्थाअन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको संख्या करिब पाँच लाख ५० हजार रहेको छ ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट