Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानन्यायधीशका लागि सिफारिसमा परेका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आव्हान


काठमाडौ‌ं, १७ जेठ । प्रधानन्यायधीशका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आव्हान भएको छ ।

संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले कार्कीविरुद्धको उजुरी आव्हान गरेको हो । समितिका अनुसार कार्कीविरुद्धमा कुनै उजुरी भएमा आगामी जेठ २६ गतेसम्म दिन सकिनेछ ।

‘नेपालको प्रधानन्यायाधीक्क पदमा देहाय बमोजिमका व्यक्ति (कार्की) को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने ब्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।’

समितिका अनुसार सुचना दाताले नाम थर, वतन र सम्पर्क नम्बर राख्नु पर्नेछ, यदि कसैले आफनो नाम, थर गोप्य राख्न चाहेमा त्यो पनि पाइने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #adalat

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट