Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिद्वारा ५ देशका लागि गैरआवासीय राजदूत नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा. डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट