Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु, साथीहरुलाई ज्यान मुद्दा


तनहुँ । तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो।

गत आइतवार म्याग्दे गाउँपालिका-६ अकलास्थित म्याग्दे खोलामा साथीहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो। उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनै जनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो।

प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट