Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लमजुङ कारागारबाट दुई कैदी भागे


लमजुङ, १८ जेठ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् ।

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।

बेसीसहर नगरपालिका वडा नं ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् । विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : जनमञ्च, समाचार, गण्डकी प्रदेश
ट्याग : #lamjung jail

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट