Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौँडाकी एक महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु


हेटौँडा, १८ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिउनुभएको हो ।

पाख्रिनले बुधबार साँझ ५ बजेर ५० मिनेटमा आफू र छोराहरू सात वर्षीय छोरा अस्किन वाइबा र १८ महिनाको छोरा जेनिस वाइबालाई झार मार्ने विषादी खुवाएर गम्भीर भएपछि हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले अस्किनको अवस्था मध्यम रहेको जानकारी दिँदै आमा र १८ महिने बालकको अवस्था गम्भीर भई थप उपचारको बुधबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगेको जानकारी दिए ।

उनले भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारकोको क्रममा बिहीबार बिहान १८ महिनाका जेनिसको मृत्यु भएको बताए । उनका अनुसार आफूसहित छोराहरूलाई विषादी खुवाउनुको कारण नखुलेको बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट