Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१४ जनाले गरे कञ्चनजङ्गा हिमालको आरोहण


काठमाडौं, १८ जेठ । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन् ।

उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए । यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।


क्याटेगोरी : पर्यटन, प्रदेश, समाचार
ट्याग : #kanchanjunga

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट