Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अझै केही दिन पानी नपर्ने, तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना


काठमाडौं । तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ । यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसमविद् प्रधानांगले बताउनुभयो । यस्तै, अहिले काठमाडौंसहित पहाडी क्षेत्रमा पनि घाम चर्किएको छ ।

तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट