Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोभिड १९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक


काठमाडौं । सरकारले कोभिड १९ को मापदण्ड परिमार्जन गरेको छ । कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ ।

यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । यस्तै मन्त्रालयले सङक्रमण दर कम भएपछि यात्रुले कोरोना परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताएको छ । अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने पनि सूचनामा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा कमी आएको र धेरैले पूर्णमात्रा खोप लगाइसकेको अवस्था तथा छिमेकी देश भारतमा पनि सङ्क्रमण दर न्यून रहेकाले परीक्षण र खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट